म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने र्‍यापर पुर्पक्षका लागि थुनामा « Khabarhub

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने र्‍यापर पुर्पक्षका लागि थुनामा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

सोमवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई थुनामा राख्न आदेश दिएको हो ।

यसअघि राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका अन्य ३ जना भने जनही १५ हजार धरौटीमा रिहा भएका छन् । यस्तै अन्य ५ जना साधारण तारेखमा छुटेका छन् ।

युट्युबमा मंगोलहप देशद्रोही बोलको गीत अपलोड गरेपछि आफूलाई र्‍यापर भनेर चिनाउने ग्याल्जेनको चौतर्फी विरोध भएको थियो ।

यो बहस राष्ट्रिय चासोको विषय बनेपछि प्रहरीले ग्याल्जेनसहित ९ जनालाई पक्राउ गरेको थियो ।  उनीहरूविरुद्ध भदौ २४ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।

मकवाननपुरको एक स्कूलमा छायांकन गरिएको उक्त गीतमा नेपालका नेतादेखि क्षेत्री बाहुनसम्मलाई तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरिएको थियो ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको थियो ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : २६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल