मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ? « Khabarhub

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका हुन्। उनले यो नियमति बैठक भनेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ।

घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने जन दबाब भने चर्को छ।

सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ०८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर