राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता « Khabarhub

राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता



दोहा – ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली (ढकाल ) र ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका राजदूत इमेल्दा प्यानोलोङ्गबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ ।

यस्तै राजदूत ढकालले ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया कार्यक्रम गरेको दूतावासले जनाएको छ । उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी लगायत स्थानीय कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसैबीच राजदूत ढकालले भारतीय दूतावासमा उपस्थित भई भारतका पूर्व राष्ट्रपति स्व: प्रणव मुखर्जीको निधनप्रति नेपाली दूतावास ओमान, आफ्नो व्यक्तिगत तथा ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट समवेदना व्यक्त गरेको दूतावासले जनाएको छ ।

यस्तै, राजदूत पराजुलीले दूतावासमा नयाँ पदस्थापन भएका श्रम सहचारी दिनेश ढकाललाई औपचारिकरूपमा स्वागत गरिकी छन् ।

नयाँ श्रम सहचारीलाई शुभकामना दिँदै उनले सदैव ओमानमा रहेका श्रमिकहरूको पक्षमा काम गर्न निर्देशन दिएकी छिन् ।

दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत कृष्णा कुमारी गौली आफ्नो कार्यकाल पुरा गरी यही साउन ३० गते नेपाल फर्किसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा