विदेशमा अलपत्र श्रमिकका सवालमा कांग्रेस नेता थापाले भने- सरकार अझै संवेदनशील बनेन (भिडियोसहित) « Khabarhub

विदेशमा अलपत्र श्रमिकका सवालमा कांग्रेस नेता थापाले भने- सरकार अझै संवेदनशील बनेन (भिडियोसहित)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फर्काउने सवालमा सरकार संवेदनशील नबनेको आरोप लगाएका छन् ।

सोमबार साँझ फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै थापाले सरकारलाई श्रमिकको राहत, उद्धार तथा घर फिर्तीका लागि गम्भीरता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

श्रमिकले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो रहेको उल्लेख गर्दै थापाले श्रमिकको आक्रोश चुलिएको बताए।

भिडियोमा उनले विदेशबाट घर फर्किने श्रमिकका लागि सरकारले निर्धारण गरेको हवाई भाडादर धेरै नै चर्को रहेको बताउदै हवाई भाडादर घटाउनुपर्ने बताएका छन् ।

विदेशबाट घर फर्किने नागरिकले चर्को भाडादर बुझाउनु परेपछि उनले यस बिषयमा भिडियोमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन् – ‘प्रधानमन्त्रीज्यू नेपाल वायु सेवा निगमकै अहिले उडानको भाडा, कोरोना संक्रमणको अवस्थाभन्दा पहिलाको भाडाको त कुरै छाडौं, निगमकै चार्टर फ्लाइटको भाडा भन्दा अचाक्ली बढी ।’

‘टिकट काट्न पाएका छैनन्। अनेक दुःख पाएर पनि टिकट काटेपछि घर आउन नपाएपछि आत्महत्यासमेत गरेका घटना आएका छन्।’

सरकारले श्रमिकहरुको यस्तो मनोदशा बुझेर, आफ्नो गल्तीहरु सच्याएर, नयाँ ढंगले काम गर्न प्रारम्भ गर्दछ भने स्थिति नियन्त्रणमा आउन सक्दछ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ०१ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका