विदेशमा अलपत्र श्रमिकका सवालमा कांग्रेस नेता थापाले भने- सरकार अझै संवेदनशील बनेन (भिडियोसहित) | Khabarhub Khabarhub

विदेशमा अलपत्र श्रमिकका सवालमा कांग्रेस नेता थापाले भने- सरकार अझै संवेदनशील बनेन (भिडियोसहित)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फर्काउने सवालमा सरकार संवेदनशील नबनेको आरोप लगाएका छन् ।

सोमबार साँझ फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै थापाले सरकारलाई श्रमिकको राहत, उद्धार तथा घर फिर्तीका लागि गम्भीरता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

श्रमिकले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो रहेको उल्लेख गर्दै थापाले श्रमिकको आक्रोश चुलिएको बताए।

भिडियोमा उनले विदेशबाट घर फर्किने श्रमिकका लागि सरकारले निर्धारण गरेको हवाई भाडादर धेरै नै चर्को रहेको बताउदै हवाई भाडादर घटाउनुपर्ने बताएका छन् ।

विदेशबाट घर फर्किने नागरिकले चर्को भाडादर बुझाउनु परेपछि उनले यस बिषयमा भिडियोमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन् – ‘प्रधानमन्त्रीज्यू नेपाल वायु सेवा निगमकै अहिले उडानको भाडा, कोरोना संक्रमणको अवस्थाभन्दा पहिलाको भाडाको त कुरै छाडौं, निगमकै चार्टर फ्लाइटको भाडा भन्दा अचाक्ली बढी ।’

‘टिकट काट्न पाएका छैनन्। अनेक दुःख पाएर पनि टिकट काटेपछि घर आउन नपाएपछि आत्महत्यासमेत गरेका घटना आएका छन्।’

सरकारले श्रमिकहरुको यस्तो मनोदशा बुझेर, आफ्नो गल्तीहरु सच्याएर, नयाँ ढंगले काम गर्न प्रारम्भ गर्दछ भने स्थिति नियन्त्रणमा आउन सक्दछ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ०१ बजे

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी