आईपीएलमा दिल्ली र राजस्थान खेल्दै | Khabarhub Khabarhub

आईपीएलमा दिल्ली र राजस्थान खेल्दै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् ।

दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्ली छैठौँ जित हात पार्दै शीर्ष स्थानमा पुग्ने दाउमा छ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो ।

बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ । राजस्थान ७ खेलमा ६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

यसअघिको भेटमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : २८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय