आईपीएलमा दिल्ली र राजस्थान खेल्दै « Khabarhub

आईपीएलमा दिल्ली र राजस्थान खेल्दै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् ।

दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्ली छैठौँ जित हात पार्दै शीर्ष स्थानमा पुग्ने दाउमा छ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो ।

बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ । राजस्थान ७ खेलमा ६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

यसअघिको भेटमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : २८ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी