कोरोना महामारी प्रभावितलाई राहत वितरण « Khabarhub

कोरोना महामारी प्रभावितलाई राहत वितरण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बि डिभिजन क्लब बाँसबारीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार बिहान बासबारीले लायन्स क्लबसँग मिलेर महामारीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

सहयोग पाउनेमा खेलाडीहरु समेत रहेको बताइएको छ ।

क्लबले सहयोगमा प्रति परिवार करिब १४ सय रुपैयाका दरले सहयोग गरेको हो । जसमा ८ केजी चामल, ३ केजस् दाल, एक लिटर तेल, २ केजी चिउरा, मसेउरा, नुन लगायत खाद्यान्न वितरण गरेको हो ।

‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले बाँसबारी क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं,’ नेपाली राष्ट्रिय पुटबल टोलीका व्यवस्थापक समेत रहेका बासबारी क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले बताएका छन् ।

यस्तै, क्लबले साबुन, मास्क र स्यानिटाइजर समेत सहयोग गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ५२ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ