कोरोना महामारी प्रभावितलाई राहत वितरण « Khabarhub

कोरोना महामारी प्रभावितलाई राहत वितरण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बि डिभिजन क्लब बाँसबारीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार बिहान बासबारीले लायन्स क्लबसँग मिलेर महामारीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

सहयोग पाउनेमा खेलाडीहरु समेत रहेको बताइएको छ ।

क्लबले सहयोगमा प्रति परिवार करिब १४ सय रुपैयाका दरले सहयोग गरेको हो । जसमा ८ केजी चामल, ३ केजस् दाल, एक लिटर तेल, २ केजी चिउरा, मसेउरा, नुन लगायत खाद्यान्न वितरण गरेको हो ।

‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले बाँसबारी क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं,’ नेपाली राष्ट्रिय पुटबल टोलीका व्यवस्थापक समेत रहेका बासबारी क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले बताएका छन् ।

यस्तै, क्लबले साबुन, मास्क र स्यानिटाइजर समेत सहयोग गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ५२ बजे

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका