ब्राजिलका लागि अन्तर्राष्ट्रिय गोलकर्तामा पेले पछि नेयमार « Khabarhub

ब्राजिलका लागि अन्तर्राष्ट्रिय गोलकर्तामा पेले पछि नेयमार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित फुटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् । मंगलबार राति भएको २०२२ विश्वकप छनोट अन्तरगत पेरु विरुद्धको खेलमा ह्याट्रिक गरेका नेयमार दोस्रो स्थानमा उक्लिएका हुन् ।

ब्राजिलले पेरुलाई ४–२ गोलले हराएको खेलमा पेरिससेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले ह्याट्रिक पुरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका हुन् । यसअघि उनीभन्दा माथि रहेका रोनाल्डिन्होलाई पछि पार्दै माथि उक्लिएका हुन् ।

ब्राजिलका लेजेन्ड पेलेले आफ्नो करियरमा खेलेका ९२ खेलमा देशका लागि ७७ गोल गरेका थिए । तर, २८ वर्षिय नेयमारले १ सय ४ खेल खेल्दै गोल संख्या ६४ पुर्याएका छन् ।

सक्रिय खेलाडीका रुपमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । उनले १०१ गोल गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ०२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा