रितेश थापामाथि पुलिसको प्रतिबन्ध फुकुवा « Khabarhub

रितेश थापामाथि पुलिसको प्रतिबन्ध फुकुवा


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले निलम्बनमा रहेका पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर रितेश थापाको निलम्बन फुकुवा गरेको छ ।

नेपाल प्रहरीले पाँच वर्ष अघि थापामाथि विश्व फुटबलको अभिभावक संस्था फिफा र एसियन फुटबल फेडेरेसनले प्रतिबन्ध लगाएपछि उनलाई निलम्बन गरेको थियो ।

‘अहले निलम्बन फुकुवा भएर नियुक्त भएको छ। तर, दरबन्दी कहाँ के गर्ने भन्ने निश्चित भइसकेको छैन,’ थापाले खबरहबसँग भने । थापा निलम्बनमा पर्दा नेपाल प्रहरीको सहायक प्रहरी निरिक्षक (असई) थिए ।

तर, सर्वोच्च अदालतले उनीहरुविरुद्ध परेको मुद्दाराज्य विरुद्धको कसुर नभएको भनेसँगै थापाको निलम्बन फुकुवा भएको हो ।

थापासँगै तत्कालिन नेपाली टोलीका कप्तान सागर थापासहित ५ जनालाई फिफाले म्याच फिक्सिङको आरोपमा आजिवन प्रतिबन्ध गरेको छ ।

तर, नेपालमा तत्कालिन समयमा फिक्सिङको कानुन नहुँदा उनीहरुलाई राज्यविरुद्धको कसुरको मुद्दा दर्ता गरिएको थियो । तर, पछिल्लो समय सर्वोच्चले त्यो मुद्दा नै गलत भएको व्याख्या गरेपछि थापासहित खेलाडीले केही राहत पाएका हुन् ।

यद्यपी उनीहरुमाथि फिफा र एएफसीको प्रतिबन्ध कायमै छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ३२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि