रितेश थापामाथि पुलिसको प्रतिबन्ध फुकुवा « Khabarhub

रितेश थापामाथि पुलिसको प्रतिबन्ध फुकुवा


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले निलम्बनमा रहेका पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर रितेश थापाको निलम्बन फुकुवा गरेको छ ।

नेपाल प्रहरीले पाँच वर्ष अघि थापामाथि विश्व फुटबलको अभिभावक संस्था फिफा र एसियन फुटबल फेडेरेसनले प्रतिबन्ध लगाएपछि उनलाई निलम्बन गरेको थियो ।

‘अहले निलम्बन फुकुवा भएर नियुक्त भएको छ। तर, दरबन्दी कहाँ के गर्ने भन्ने निश्चित भइसकेको छैन,’ थापाले खबरहबसँग भने । थापा निलम्बनमा पर्दा नेपाल प्रहरीको सहायक प्रहरी निरिक्षक (असई) थिए ।

तर, सर्वोच्च अदालतले उनीहरुविरुद्ध परेको मुद्दाराज्य विरुद्धको कसुर नभएको भनेसँगै थापाको निलम्बन फुकुवा भएको हो ।

थापासँगै तत्कालिन नेपाली टोलीका कप्तान सागर थापासहित ५ जनालाई फिफाले म्याच फिक्सिङको आरोपमा आजिवन प्रतिबन्ध गरेको छ ।

तर, नेपालमा तत्कालिन समयमा फिक्सिङको कानुन नहुँदा उनीहरुलाई राज्यविरुद्धको कसुरको मुद्दा दर्ता गरिएको थियो । तर, पछिल्लो समय सर्वोच्चले त्यो मुद्दा नै गलत भएको व्याख्या गरेपछि थापासहित खेलाडीले केही राहत पाएका हुन् ।

यद्यपी उनीहरुमाथि फिफा र एएफसीको प्रतिबन्ध कायमै छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ३२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा