थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो « Khabarhub

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्। आजको पीसीआर १३९४७ छ।

हाल क्वारेन्टिनमा ४६६६ जना रहेका छन्। त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०९५४ जना पुगेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ३२ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको