कोरोना संक्रमित ३०५ जना आईसीयुमा ७० को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित ३०५ जना आईसीयुमा ७० को भेन्टिलेटरमा उपचार हुँदै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

उनीहरुमध्ये होम आईसोलेसनमा २१ हजार ५४८ जना र संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना छन् । जसमा ३०५ जना संक्रमितको आईसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६६६ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिति अझै भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ४८ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण