सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप | Khabarhub Khabarhub

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्यकर्ता हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा झडप भएको छ ।

झडपमा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

हत्याको छानबिन र उजुरी लिन माग गर्दै परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस नेता तथा कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको कांग्रेस कार्यकर्ताहरुको आरोप छ ।

२१ गते बेलुका घर अगाडि बसिरहेका बेला राममाथि केही समूहले आक्रमण गरेको परिवारले बताएका छन् । आक्रमणमा परेर सख्त घाइते भएका रामलाई तत्कालै जिल्ला अस्पालमा पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा २२ गते अस्पतालमै रामको ज्यान गएको थियो ।

रामको शव पनि परिवारले बुझेका छैनन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : २४ बजे

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?

न्युयोर्क – डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा कार्यभार सम्हाल्ने बित्तिकै

आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा

बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

झापा– झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने