चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस « Khabarhub

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ।

जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीतिमा लागेको आरोप लगाउदै सीमा संरक्षणका लागि कर्णालीबासीलाई एकजुट हुन आह्वान गरे ।

उनले भने,’ हाम्रा छिमेकी मुलुक भारत र चीन हुन् यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनुपर्छ, तर सीमानै मिचेको विषयमा भने हामी समै एकजुट बन्नुपर्छ ।’

अन्तर्क्रियामा सहभागी कांग्रेस जिल्ला नेता तथा कार्यकर्ताहरु ।

कर्णाली प्रदेशको कालिकोटमा सीमा अतिक्रमणविरुद्ध आयोजित कार्यक्रममा उनले चीनले उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

कर्णाली प्रदेशको सीमा चीनसँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्ध एकजुट हुन जरूरी रहेको उनले बताए।

उनले भने,’ हुम्लामा चीनले खुलेआम सीमा मिचेर भवन बनाइ बस्दा पनि सरकार चुप लागेको बसेको छ, अब चिनियाँ अतिक्रमणविरूद्ध कर्णाली बासीले शसक्त कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५२ बजे

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली–  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय

आमा बन्दै गायिका इन्दिरा

काठमाडौं – गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् ।