५०० वर्षपछि दीपावलीको यो महासंयोग, कसरी गर्ने लक्ष्मी पूजा ? (पूजाविधि सहित) | Khabarhub Khabarhub

५०० वर्षपछि दीपावलीको यो महासंयोग, कसरी गर्ने लक्ष्मी पूजा ? (पूजाविधि सहित)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारमा घरघरमा लक्ष्मीको पूजा गरिन्छ ।

कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो पर्वलाई कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं ।

समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ ।

पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ ।

१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

१२. कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

५ सय वर्षपछि दीपावलीको यो महासंयोग

तीन ग्रहको दुर्लभ संयोगका कारण यसपटक पाँच दिन मनाइने दीपावली चार दिनमा सिमित भएको छ ।

ज्योतिषाचार्यहरुलाई मान्ने हो भने यो दुर्लभ संयोग सन् १५२१ मा पनि बनेको थियो । अर्थात् आजभन्दा पाँच सय वर्ष पहिले ।

आज शनिबारको दिन यो विशेष संयोग बनेको हो । अहिले दीप पर्व गुरु ग्रह आफ्नो स्वराशी धनु तथा शनि आफ्नो स्वराशी मकरमा रहने भएको छ । त्यस्तै, लक्ष्मीको स्वग्रह शुक्र कन्या राशीमा हुने भएको छ । अनि आज लक्ष्मी पूजागर्ने समयमा स्वाति नक्षत्र रहने ज्योतिषीहरुले बताएका छन् । यसलाई नै महासंयोग भनिएको हो ।

हिजो मात्र हामीले धनतेरस पनि मनाएका थियौँ । धनतेरसको भोलिपल्टै लक्ष्मी पूजाको दिन पर्नुलाई पनि अर्को अद्भुत संयोग मानिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ३८ बजे

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका