पार्टी एकता जोगाउन ओलीविरूद्धको प्रस्ताव फिर्ता लिन प्रचण्डलाई पोखरेलको आग्रह | Khabarhub Khabarhub

पार्टी एकता जोगाउन ओलीविरूद्धको प्रस्ताव फिर्ता लिन प्रचण्डलाई पोखरेलको आग्रह


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शंकर पोखरेलले पार्टी एकता संकटमा पुगेको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पर्ने बताएका छन् ।

प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्डले संगीन आरोपसहित एकल प्रस्ताव अघि बढाएर पार्टी एकता गम्भीर मोडमा पुर्‍याएको उनले बताएका छन् ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने पोखरेलले लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’

उनले उक्त प्रस्ताव फिर्ता लिन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु,’ उनले थप लेखेका छन्, ‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि पार्टी फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ३० बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण