आजबाट तीन दिनसम्म बैँकहरू बन्द « Khabarhub

आजबाट तीन दिनसम्म बैँकहरू बन्द


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् ।

तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए । तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन् ।

सीमित शाखा खोलेर बैं‌किङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : २९ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज