किन मनाइन्छ तिहार ? यस्ता छन् खास कारण « Khabarhub

किन मनाइन्छ तिहार ? यस्ता छन् खास कारण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ ।

यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ ।

धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी भएका उनका प्रजाले पूरै नगरमा स्वागतको भव्य आयोजना गरेका थिए । राम घर फर्कदा राज्यभरी दियो बालेर भिलिमिली पारिएको थियो ।

तिहार यही मात्र कारणले मनाइएको हैन । यस पर्वका पछाडि अनकौँ कारण छन् ।

१. देवी लक्ष्मी कार्तिक महिनामा औंसीका दिन समुन्द्र मन्थनमा अवतार लिइ प्रकट भएकी थिइन् ।

२. यही दिन भगवान् विष्णुले आफ्नो पाँचौ अवतार वामन अवतारमा देवी लक्ष्मीलाई राजा बालिबाट मुक्त गराएका थिए ।

३. यसै दिन भगवान् श्रीकृष्णले राक्षसका राजा नरकासुरको वध गरी उनको चंगुलबाट १६ हजार महिलालाई मुक्त गरेका थिए ।

४. महाभारत अनुसार कार्तिक औंसीका दिन पाण्डवले १२ बर्षको वनवास काटेर राज्य फर्कदा उल्लासमा दीपावली गरिएको थियो ।

५. यसै दिन राजा विक्रमदित्यको राज्याभिषेक भएकाले दीपावली मनाउन थालिएको थियो ।

६. कार्तिके औंसीका दिन स्वामी दयानन्द सरस्वतीले हिन्दु अस्तित्व बनाउन आर्य समाजको स्थापना गरेका थिए ।

तिहारमा भगवान गणेशसहित सबै देवताको पूजा गरिन्छ । अझ विशेषतः गणेश र लक्ष्मीको आराधना गर्ने गरिन्छ । लक्ष्मी धनकी देवी र गणेश प्रथम पुजनीय देवता भएकाले एकसाथ पूजा गर्ने परम्परा बसेको हो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : १४ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक