भूलेर पनि गर्भावस्थामा नगर्नोस् यी गल्ती  ! « Khabarhub

भूलेर पनि गर्भावस्थामा नगर्नोस् यी गल्ती  !


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक गर्भवती महिलाले गर्भमा हुर्किरहेको बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ ।

गर्भावस्था हरेक महिलाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतुहलताले उनीहरुको मनलाई रोमाञ्चीत बनाइदिन्छ । तर, हरेक महिलाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्मन्छ ? कुनै अपाङ्गता त हुदैँन ?

गर्भवती महिलालाई यो चिन्ता हुनु स्वाभाविक हो ।  चिकित्सकका अनुसार गर्भावस्थामा हुने सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छ ।

पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीले गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् । गर्भावस्थामा निम्न कुरालाई ख्याल नराखे शिशु अपाङ्ग जन्मन सक्छ ।

१. गर्भाधारणको चाहाना भएका महिलाले ३ महिना पहिलेदेखि नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनु पर्दछ ।

२. गर्भावस्थाको ३ महिना पहिलेदेखि नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन ।

३. गर्भावस्थाको क्रममा महिलाले भाइरल इन्फेक्सनबाट बच्नु पर्दछ । त्यसैले गर्भवती महिला भीडभाडमा नजानु नै राम्रो हुन्छ ।

४. गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्लाको वातावरणमा बस्न दिनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ ।

५. ध्वनी प्रदुषणमा हुर्किएको बच्चामा श्रवण शक्ति मात्र नभई बोल्ने क्षमतामा पनि असर पर्दछ । किनभने बच्चाले केही नसुने उच्चारण क्षमता हुँदैन ।

६. गर्भवती महिलाले मदिरा, धुम्रपान सेवनको लत छाड्नु पर्दछ । मदिराको सेवनले गर्भ तुहिने र भ्रुणको विकास रोकिन सक्छ । धुम्रपानको लतले बच्चाको तौल कम हुनसक्छ ।

७. गर्भावस्थामा प्याकेज्ड जुस, कोल्ड ड्रिंक्स, बाहिरको खाना खानु हुदैँन । साथै चटपटे, अत्याधिक पिरो अमिलो खानु हुदैँन । तसर्थ जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ । अझ सकेसम्म पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी सेवन नगरेकै राम्रो ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ०८ बजे

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।