गोदावरी सडक पुससम्म सम्पन्न गरिने « Khabarhub

गोदावरी सडक पुससम्म सम्पन्न गरिने


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र दुवैको अवधि आगामी पुससम्म मात्रै भएको आयोजना प्रमुख गुरु अधिकारीले बताए ।

उनका अनुसार, सरकारले २० मिटर चौडाइ कायम गर्ने गरी निर्माण शुरु गरे पनि स्थानीयवासीको विरोधका कारण लामो समयसम्म काम हुन सकेको थिएन । गत पुसमा मन्त्रिपरिषद्को बैठकले विस्तारित सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेपछि सोही अनुसार काम भइरहेको छ ।

उनले भने, “२० मिटर चौडाइ हुनुपर्ने भए पनि अधिकांश स्थानमा त्योभन्दा कम चौडाइमा काम भइरहेको छ ।”

निर्माण शुरु भएको लामो समय भएको र पटकपटक अवधि थप भए पनि कानूनी रुपमा पुनः अवधि थप्न मिल्दैन । मापदण्डभन्दा कम चौडाइमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइएको छ ।

उनले भने, “कतै साढे तीन मिटर चौडाइ कायम भए पनि हामीले समयमै ठेक्का सम्पन्न गर्न लागेका छौँ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको काम आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभीले गरिरहेको छ ।

यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । उपलब्ध चौडाइमै कालोपत्र गर्ने सरकारको निर्णयपछि भने अहिले अधिकांश सडकमा निर्माण अघि बढेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : १३ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु