गोदावरी सडक पुससम्म सम्पन्न गरिने | Khabarhub Khabarhub

गोदावरी सडक पुससम्म सम्पन्न गरिने


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र दुवैको अवधि आगामी पुससम्म मात्रै भएको आयोजना प्रमुख गुरु अधिकारीले बताए ।

उनका अनुसार, सरकारले २० मिटर चौडाइ कायम गर्ने गरी निर्माण शुरु गरे पनि स्थानीयवासीको विरोधका कारण लामो समयसम्म काम हुन सकेको थिएन । गत पुसमा मन्त्रिपरिषद्को बैठकले विस्तारित सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेपछि सोही अनुसार काम भइरहेको छ ।

उनले भने, “२० मिटर चौडाइ हुनुपर्ने भए पनि अधिकांश स्थानमा त्योभन्दा कम चौडाइमा काम भइरहेको छ ।”

निर्माण शुरु भएको लामो समय भएको र पटकपटक अवधि थप भए पनि कानूनी रुपमा पुनः अवधि थप्न मिल्दैन । मापदण्डभन्दा कम चौडाइमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइएको छ ।

उनले भने, “कतै साढे तीन मिटर चौडाइ कायम भए पनि हामीले समयमै ठेक्का सम्पन्न गर्न लागेका छौँ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको काम आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभीले गरिरहेको छ ।

यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । उपलब्ध चौडाइमै कालोपत्र गर्ने सरकारको निर्णयपछि भने अहिले अधिकांश सडकमा निर्माण अघि बढेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : १३ बजे

गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छ : अस्ट्रेलियन प्रधानमन्त्री

क्यानबेरा- अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराब र

प्यालेस्टिनी राज्यको मान्यता हमासको विरुद्धमा छ : फ्रान्स

पेरिस- फ्रान्सले शुक्रबार प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने आफ्नो

‘मितज्यू’मा सौगात मल्लको प्रवेश

काठमाडौं – अनिल बूढा मगरको निर्देशन रहने दोस्रो फिल्म ‘मितज्यू’मा

रञ्जितालाई रेशमको चेतावनी : लिची बगानको घुस प्रकरणमा पार्टीलाई जवाफ दिनुस्, भाग्न पाइँदैन

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी

प्रतिनिधिसभाबाट ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौं–  ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि