जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच भिडन्त, कम्तीमा १९ को मृत्यु « Khabarhub

जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच भिडन्त, कम्तीमा १९ को मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच गएराति भएको भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् ।

भारतीय समाचार संस्था द हिन्दूका अनुसार उक्त भिडन्तमा परी भारततर्फ ६ जना सर्वसाधारण, ४ जना सैनिक जवान र एक जना बीएसएफ जवान मारिएका हुन् ।

नियन्त्रण रेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको उल्लेख छ ।

बन्दिपोराको दवार, कुपवाडाको केरन, बारामुडाको उरी र नौगाममा सिजफायर उल्लंघन भएको भारतीय सेनाको हवाला दिँदै द हिन्दूले जनाएको छ । समाचारमा पाकिस्तानको तर्फबाट नियन्त्रण रेखाका विभिन्न ठाउँमा सिजफायर उल्लंघन भएको दाबी गरिएको छ ।

साथै भारतीय सेनाले पाकिस्तानी सेनाका बंकरहरु ठूलो संख्यामा नष्ट गरेको पनि बताइएको छ ।

समाचारका अनुसार पाकिस्तानतर्फ २ जना कमाण्डरसहित ८ जनाको ज्यान गएको छ । पाकिस्तानले मोर्टार र अन्य हतियार प्रयोग गरेको र नियतवश सर्वसाधारण बस्ने क्षेत्रलाई लक्षित गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २८ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी