नेपालमा ४७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा « Khabarhub

नेपालमा ४७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४७४ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको हो ।

हालसम्म देशभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ४७४ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हाल ३ सय ८७ जना आईसीयूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय ६८ जना आईसीयूमा छन् भने ६१ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै प्रदेश १ मा ४९ जना आईसीयूर १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकीमा ६९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा छन्।

कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : २८ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले