मुख्यमन्त्री पोखरेललाई मन्त्री पुनको जवाफ : 'प्रचण्ड'को लिखित प्रस्ताव आउँदा किन उत्तेजित ? | Khabarhub Khabarhub

मुख्यमन्त्री पोखरेललाई मन्त्री पुनको जवाफ : ‘प्रचण्ड’को लिखित प्रस्ताव आउँदा किन उत्तेजित ?


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाइलाई लिएर प्रतिवाद गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डले सचिवालय वैठकमा राखेको प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेको भन्दै फिर्ता लिन आग्रह गरेपछि मन्त्री पुनले त्यसको प्रतिवाद गरेका हुन् ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पुनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको दावी गरेका छन् ।

उनले शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टीमा हुने छलफल ,बहस र अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुन नसक्ने बताएका छन् ।

यस्तो छ मन्त्री पुनको भनाइ

पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएकोछ र पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो  । पार्टीमा हुने छलफल ,बहस ,अन्तर्विरोधबाट  कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन । पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै विनाउत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि,पद्धति र राजनीतिक सँस्कारको विकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ४६ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री