कोरोना संक्रमित नेपालीको मलेसियामा मृत्यु « Khabarhub

कोरोना संक्रमित नेपालीको मलेसियामा मृत्यु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् । सो कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिकमा कोरोना संक्रमण भएपछि मलेसिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको द स्टर अनलाइनले जनाएको छ ।

फोटो खिच्दा जागिर गयो

सोही कम्पनीमा काम गर्ने हजारौं कामदारलाई संक्रमणबाट बचाउने प्रयास गर्दा नेपाली कामदार युवराज खड्कालाई कम्पनीले जागिरबाट निकालि स्वदेश फिर्ता पठाएको बताइएको छ ।

खड्काले सहकर्मी कामदारहरुले अत्यन्तै भीडभाडयुक्त स्थितिमा ठूलो जोखिममा काम गरिरहेका २ तस्वीर खिचेका थिए ।

रोयटर्सलाई उद्धृत गर्दै द स्टरले जनाए अनुसार फोटोमा कामदारहरु आफ्नो तापक्रम जँचाका लागि लाइनमा उभिएको र उनीहरुबीच दूरी १ मिटरभन्दा पनि कम भएको बताइएको छ । उनीहरु रातिको सिफ्ट सुरु गर्नुभन्दा अघि लाइनमा उभिएका थिए।

खड्का र अन्य ५ जना कामदारले रोयटर्सलाई बताए अनुसार कम्पनीमा मास्क र पञ्जा अनिवार्य थियो । तर दूरी कायम गर्नु अनिवार्य थिएन ।

सिधै कम्पनीको व्यवस्थापनसँग यस विषयमा कुरा गर्दा आफूले जागिर गुमाउनुपर्ने डरले उनले ती फोटोहरु आफ्नो देश नेपालको एक अधिकारकर्मी संस्थालाई पठाएका थिए ।

नेपालको अधिकारवादी संस्थाले तस्वीर कसले खिचेको हो भन्ने कुरा गोप्य राखी कम्पनी र मलेसिया सरकारलाई ती तस्वीरहरु पठाएको थियो ।

सेप्टेम्बर २३ मा टप ग्लोभले खड्कालाई त्यही फोटो सार्वजनिक गरेकोमा उनलाई जागिरबाट निकालिएको पत्र पठायो ।

त्यो पत्रमा कम्पनीले फोटो सुरुवातमा सीसीटिभी कभरेजबाट निकाल्ने व्यक्तिको रुपमा उनको पहिचान गरेको उल्लेख छ । कम्पनीले जागिरबाट निकालिएपछि उनी आफ्नै खर्चमा स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ५५ बजे

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज