सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन « Khabarhub

सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ ।

मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ ।

कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार  सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, महामन्त्री डा.शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए । अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।

देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिँडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका छन् ।

शर्माले ट्वीटमा भनेका छन्, `जांगरले प्रदर्शनमा जुटौं तर  परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ l’

भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रित भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : १९ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग