आज सोमबारे औँशी, नबोली स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास « Khabarhub

आज सोमबारे औँशी, नबोली स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सोमबार औँशी । यस दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।

यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्। आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गर्छ।

विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो।  आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तको भनाइ छ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँशी परेका दिन माता, पिता हुने-नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ।

प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा