शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल « Khabarhub

शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ ।

वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् ।

वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै वडा क्षेत्रमा बाह्य व्यक्तिलाई प्रवेश दिइने वडाध्यक्ष कमल गिरीले बताए ।

कोरोनाको सङ्क्रमण देखिएको वन समिति, खजुवा, गर्जमुनी, वैशाखा र वडाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्रको आवतजावतमा कडाइ पारिएको छ ।

सोही वडाका एक वृद्धको गत साता कोरोनाको सङ्क्रमणकै कारण मृत्यु भएको थियो । दश कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार नगरपालिकामा १३४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : ५५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा