तराईका जनताको आर्थिकस्तर सुधार्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

तराईका जनताको आर्थिकस्तर सुधार्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन्।

सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको आज शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए ।

वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरबाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिटै विस्तार गरी सडक सञ्जालमार्फत तराई मधेश, पहाड र हिमालको सम्बन्धलाई विस्तार गर्ने बताए ।

‘‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री नेम्वाङले भने, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।”

उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिदैं सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लाहरुलाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए ।

कार्यक्रममा महिला तथा बालबालिकामन्त्री लिलानाथ श्रेष्ठले सरकारले प्रदेश नं २ लाई प्राथमिकता राखेर अधिकांश योजनाहरु बनाएको उल्लेख गर्दै तराई मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गको कार्य तीव्र रुपमा भइरहेको बताए।

सिरहाको गोलबजारदेखि लगडीगदियानीसम्मको करिब २५ किलोमिटर सडक छिटै कालोपत्रे गरिने योजना रहेको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २५ बजे

एचपीभी खोप अभियान उत्साहजनक, चिकित्सक भन्छन्– विश्वसनीयतामा शङ्का नगरौँ

काठमाडौं – यतिखेर नेपालमा १० देखि १४ वर्ष मुनिका किशोरीहरूलाई

रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ

मस्को– रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ ।  रुसी

प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

तम्घास– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल

‘नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक’  

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नसर्ने

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

मनहरी– उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई