सेल्फीमा रमाउनेका लागि ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगिता हुने « Khabarhub

सेल्फीमा रमाउनेका लागि ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगिता हुने


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाम्रो पात्रो र चलचित्र सेल्फी किङ्गबीच सहकार्यमा हाम्रो सेल्फी किङ्ग प्रतियोगिता हुने भएको छ ।

यहि माघ २४ गते प्रदर्शनको तयारीमा रहेको विपिन कार्की अभिनित चलचित्र “सेल्फी किङ्ग”सँगको सहाकार्यमा हाम्रो पात्रोले अब आफ्नो प्रयोगकर्ताहरुको लागि ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगिता गर्न लागेको हो ।

ह्युमर र कमेडी हाउभाउमा सेल्फी तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो पात्रोको ‘हाम्रो कम्युनिटी’ मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् ।

त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन्। तर त्यो अनिवार्य भने चाही छैन। पोष्ट गरिएका सेल्फीहरु मध्ये विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ। त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टका आधारमा विजेताको चयन गरिनेछ।

“हाम्रो सेल्फी किङ्ग” प्रतियोगिताका एक जना भाग्यशाली विजेताले अनुप बरालको चर्चित “एक्टर स्टुडियो’मा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने चलचित्र सेल्फी किङ्गको प्रिमियर शोमा चलचित्रका कलाकारहरुसँगै चलचित्र हेर्न २ वटा प्रिमियरको पास प्रदान गरिनेछ।

त्यसबाहेक कन्टेस्टका १० जना अन्य विजेताहरुलाई भने विशेष पुरस्कार अन्तर्गत २ ओटा प्रिमियरको पास प्रदान गरिनेछ। तपाईंले खिच्नुभएको सेल्फी पोष्ट गर्ने अन्तिम मिति माघ २० गते (February 3) सम्म रहेको छ भने विजेता घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गराइनेछ।

प्रतियोगितामा सहभागिताका लागि नियम तथा शर्तहरु यस्ता छन् :
१. कमेडी हाउभाउ आउने गरी प्रतियोगीले आफ्नै शैलिमा सेल्फी (Selfie) फोटो खिचेर पठाउनु पर्नेछ ।

२. यो प्रतियोगिता माघ ५ गतेदेखि माघ २० गते सम्म सञ्चालन हुनेछ ।

३. विजेता (एक जना)लाई एक्टर्स स्टुडियोमा ३ महिने एक्टीङ्ग क्लासको छात्रवृति प्रदान गरिनेछ । छात्रवृति बाहेक लाग्ने अन्य सम्पुर्ण खर्चहरु विजेता स्वयमले बेहोर्नुपर्नेछ ।

४. प्रतियोगितामा सहभागीमध्येका १० जना विजेतालाई विशेष पुरस्कारको रुपमा प्रत्येकलाई २-२ ओटा प्रिमियरको पास उपलब्ध गराइनेछ। उपत्यका बाहिरका विजेताको हकमा शुक्रबारको टिकट प्रदान गरिनेछ ।

५. विजेता सम्बन्धी अन्तिम निर्णय चलचित्र SELFIE KING युनिटको हुनेछ ।

सहभागिता जनाउनका लागि यहाँ क्लिक गर्न सकिनेछ:

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना