अछाम जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गरिँदै « Khabarhub

अछाम जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गरिँदै


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ ।

जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन् ।

साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ । छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ ।

मङ्गलसेन नगरपालिकाले नगरका १४ वडा तथा चौरपाटी गाउँपालिकाले सात वडामा छाउगोठ भत्काउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णयअनुसार माघ मसान्तभित्र सबै वडा, फागुन १५ भित्र नगर र मसान्तसम्म जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न अभियानका साथ लागि परेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म एक हजार ८५८ छाउपडी गोठ भत्काइएको छ । कतिपय ठाउँमा प्रहरीको टोली खटेर भत्काउने गरेकाले प्रहरीलाई तथ्याङ्क जानकारी हुने गरेको र कतिपयले स्वतःस्फुर्त आफैँ भत्काउने गरेकाले छाउपडी गोठ भत्केको तथ्याङ्क बढ्न सक्ने प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ५१ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय