कस्तो अवस्थामा हुन्छ मांगलिक योग, कसरी थाहा पाउने ? « Khabarhub

कस्तो अवस्थामा हुन्छ मांगलिक योग, कसरी थाहा पाउने ?


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार मांगलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर, मांगलिक योगका कारण पति र पत्नीबीचको सम्बन्ध बिग्रिन्छ भन्ने भ्रम छरिन्छ ।

कोशीय आधारमा मांगलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा मांगलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन । यो अशुभ कारक योग पनि होइन ।

बुझ्नुपर्ने कुरा के हो भने मांगलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छन् ।

विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा उत्पन्न भएमा केही ज्योतिषिहरुले मांगलिक योगका कारण भएको दाबी गर्छन् । मांगलिक योगको उचित व्याख्या र परामर्श दिँदैनन् । कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै कमाइ खाने भाँडो समेत बनाउने गरेको पाइन्छ ।

कसैको कुण्डलीमा मांगलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ–

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥

अर्थ– जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै मांगलिक योग हो ।

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : २१ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा