कस्तो अवस्थामा हुन्छ मांगलिक योग, कसरी थाहा पाउने ? « Khabarhub

कस्तो अवस्थामा हुन्छ मांगलिक योग, कसरी थाहा पाउने ?


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार मांगलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर, मांगलिक योगका कारण पति र पत्नीबीचको सम्बन्ध बिग्रिन्छ भन्ने भ्रम छरिन्छ ।

कोशीय आधारमा मांगलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा मांगलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन । यो अशुभ कारक योग पनि होइन ।

बुझ्नुपर्ने कुरा के हो भने मांगलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छन् ।

विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा उत्पन्न भएमा केही ज्योतिषिहरुले मांगलिक योगका कारण भएको दाबी गर्छन् । मांगलिक योगको उचित व्याख्या र परामर्श दिँदैनन् । कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै कमाइ खाने भाँडो समेत बनाउने गरेको पाइन्छ ।

कसैको कुण्डलीमा मांगलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ–

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥

अर्थ– जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै मांगलिक योग हो ।

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : २१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को