अमेरिकामा उडिराखेको विमानको तेल खाली गर्दा विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते « Khabarhub

अमेरिकामा उडिराखेको विमानको तेल खाली गर्दा विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इन्जिनमा खराबी देखिएपछि अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलायन्सको विमानलाई आकस्मिक रुपमा अवतरण गरिएको छ ।

मंगलबार लस एन्जलसबाट चीनको सांघाईका लागि उडान भर्नेबित्तिकै विमानको इन्जिनमा प्राविधिक गडबडी देखिएपछि इन्धन खाली गरी आकस्मिक अवतरण गराइएको थियो ।

विमानबाट इन्धन फ्याँक्ने बेलामा पार्क एभिन्यू प्राथमिक विद्यालयका १७ विद्यार्थीसहित २६ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई अस्पताल लगिएको छ भने १७ जना सामान्य घाइते भएको रोयटर्सको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार विमानबाट खाली गराइएको हवाई इन्धन विद्यालयको खेलमैदानमा खसेको थियो ।

‘फ्लाइट ८९ले लस एन्जलसबाट सांघाईका लागि उडान भर्नेबित्तिकै इन्जिनमा प्राविधिक समस्या देखियो ।

इन्धन खाली गरेपछि एयरलाइन्स सुरक्षित रुपमा अवतरण भयो । यस्तो अवस्थामा इन्धन खाली गरिनु सुरक्षित अवतरणका लागि सामान्य प्रक्रिया हो,’ एयरलाइन्सले विज्ञप्तिमार्फत भनेको छ ।

अमेरिकाको नागरिक उड्डयन प्रशासनले भने घटनाको अनुसन्धान गरिरहेको बताएको छ । इन्धन खाली गर्ने क्रममा डेल्टा एयरलाइन्सले नियम पालन नगरेको प्रारम्भिक निष्कर्ष छ । सामान्यतया यस्तो अवस्थामा मानव बस्ती नभएको ठाउँमा इन्धन खाली गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ५४ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ