नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’ « Khabarhub

नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ ।

आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो ।

प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका-३ मा ८ हल गोरु जुधाइने आयोजकको भनाइ छ ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने छ। नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन पहिलादेखिनै गोरु जुधाइदै आएको छ।

उक्त मेला हेर्न राजधानी काठमाडौंदेखि देशका विभिन्न भागबाट सर्वसाधारण नुवाकोट पुग्ने गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०९ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल