एनसेल टावरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका नेतालाई आगजनी मुद्दा | Khabarhub Khabarhub

एनसेल टावरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका नेतालाई आगजनी मुद्दा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ ।

पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो । परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो । परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए ।

यसअघि पक्राउ परेका सोही समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर विरुद्धको २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बीटीएस) टावरमा आगजनी तथा महाभारत गाउँपालिका नजिकै सिलिण्डर बम विस्फोट गरेको अभियोगमा जिल्ला अदालतले मागेको २५/२५ हजार धरौटी तिर्न नसक्दा केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

३२ वर्षीया थोकरलाई कात्तिक अन्तिम साता विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै कात्तिक ६ गते राति पनौती नगरपालिका–९ नौबिसेस्थत घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : २८ बजे

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका