एनसेल टावरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका नेतालाई आगजनी मुद्दा « Khabarhub

एनसेल टावरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका नेतालाई आगजनी मुद्दा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ ।

पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो । परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो । परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए ।

यसअघि पक्राउ परेका सोही समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर विरुद्धको २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बीटीएस) टावरमा आगजनी तथा महाभारत गाउँपालिका नजिकै सिलिण्डर बम विस्फोट गरेको अभियोगमा जिल्ला अदालतले मागेको २५/२५ हजार धरौटी तिर्न नसक्दा केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

३२ वर्षीया थोकरलाई कात्तिक अन्तिम साता विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै कात्तिक ६ गते राति पनौती नगरपालिका–९ नौबिसेस्थत घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : २८ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा