धादिङ र धनुषामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

धादिङ र धनुषामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ र धनुषामा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

धादिङ, धुनिवेशी नगरपालिका-६ जामुनेस्थित सडकमा मंगलबार साँझ बा.३ क ११०३ नम्बरको आईचर गाडीको ठक्करबाट मकवानपुर थाहा नगरपालिका-११ बस्ने रवि तामाङको ३ वर्षीय छोरा कुनाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका-६ ढल्केबरस्थित सडकमा ज.१ क २८३ नम्बरको बसले ज.१० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने १८ वर्षीय संतोष ठाकुर र मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय मोबारक राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ४६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत