धादिङ र धनुषामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

धादिङ र धनुषामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ र धनुषामा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

धादिङ, धुनिवेशी नगरपालिका-६ जामुनेस्थित सडकमा मंगलबार साँझ बा.३ क ११०३ नम्बरको आईचर गाडीको ठक्करबाट मकवानपुर थाहा नगरपालिका-११ बस्ने रवि तामाङको ३ वर्षीय छोरा कुनाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका-६ ढल्केबरस्थित सडकमा ज.१ क २८३ नम्बरको बसले ज.१० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने १८ वर्षीय संतोष ठाकुर र मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय मोबारक राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ४६ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ