बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन् ।

उनले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताइन् ।

नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । यसैगरी पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए । शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो ।

विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गरेकी छन् ।

बालबालिकाको हितका लागि राष्ट्रको ध्यान केन्द्रित होस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : ४५ बजे

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री भोलि (आइतबा) नेपाल भ्रमणमा

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सेवा ठप्प, यात्रुहरू प्रभावित

एजेन्सी– एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु’

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही)