पूर्व सांसदसहित राजपाका ३ जना नेताविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

पूर्व सांसदसहित राजपाका ३ जना नेताविरुद्ध भ्रष्टाचार मुद्दा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद बीपी भनिने विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)बाट संविधानसभा (२०६४ को) सदस्य रहेका विश्वनाथ प्रसाद यादव, राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार मण्डल, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत तथा नायब सुब्बा भागवत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गरेको छानबिनका क्रममा उनीहरुले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने ग्राभेल सडक गर्न किर्ते व्यक्ति खडा गर उपभोक्ता समिति बनाएर भ्रष्टाचार गरेको देखिएको छ ।

पूर्व सांसद विश्वनाथ प्रसाद यादवसहित राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार मण्डलले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा किर्ते विवरण थपेर प्रदेश नम्बर २ को भौतिक पूर्वधार मन्त्रालयबाट बजेट लिएर हिनामिना गरेको समेत अख्तियारले जनाएको छ ।

अख्तियारले पूर्व सांसद विश्वनाथ प्रसाद यादव, राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार मण्डलविरुद्ध जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत तथा नायब सुब्बा भागवत यादवविरुद्ध पनि जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र अधिकत्तम ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : २७ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ