युद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड « Khabarhub

युद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् ।

बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गरे ।

‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको भन्ने गरिन्छ साथीहरु यो सत्य होइन’ प्रचण्डले भने,‘ हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन ।’

हिजोको युद्धमा भएका राम्रा नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रचण्डको भनाइ थियो ।

‘मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा कामका जिम्मेवारी म लिन्छु । म त्यसबाट भाग्ने कुरा हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन’ प्रचण्डले भने ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ४० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै