राप्रपा अध्यक्ष थापाद्वारा देवघाटधाममा मकर स्नान | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष थापाद्वारा देवघाटधाममा मकर स्नान


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माघेसंक्रान्ति पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा मकर स्नान गरेका छन्।

अध्यक्ष थापाले पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गरेका हुन् ।

सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गरे । उनले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गरे। देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताए ।

माघेसंक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड रहेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।

धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघेसंक्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट आउने भक्तजनको सुरक्षाका लागि व्यवस्था मिलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्षको देवघाटमा कुनै भवितव्य घटना भएको छैन ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ३६ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते