कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने « Khabarhub

कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ ।

कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्य सेन्टर निर्माणको तयारी भइरहेको महानिर्देशक हमालले बताए ।

‘सेन्टर निर्माणको कार्य चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान गर्दैछौँ’, उनले भने, ‘यस कार्यका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।’

उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको उनले बताए ।

उनका अनुसार सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न रु १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ०१ बजे

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले