२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री « Khabarhub

२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिदर बढेको बताएका छन् । सरकार गठन भएको दुइवर्ष पुगेको अवसरमा संसदमा विषेश सम्बोधन गर्दै प्रधानमन्त्रीले गतवर्ष ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर भएको र कुनै पनि प्रदेशमा ६ दशमलवभन्दा कमको आर्थिक वृद्धिदर नभएको दाबी गरे । आर्थिक वृद्धिदरको सुधारसँगै गरीबी समेत घटेको उनको भनाई छ ।

श्रम बजारमा पहिला भएका वेरोजगारले रोजगारी पाउन नसकेको होला तर नयाँ बेरोजगारी थपिएको छैन । उनले जनतामा बैंकिङ पहुँच पनि बढेको बताए । सम्बोधनका क्रममा उनले भने, ‘बैकका शाखा ९ हजार ३ सय ९४ पुगेको छ । बैकीङ क्षेत्रको सुधार उल्लेख्य छ । खोलौं बैक खाता अभियानअन्तर्गत डेढ लाख खाता नयाँ थपिएका छन् ।’

सरकारले करको दर होइन दायर बढाएको उनले बताए । उनले भने, ‘विदेशी लगानी वृद्धि भएको छ । चालु आर्थिक वर्षमा २ खर्बको लगानी प्रतिवद्धता थपिएको छ । निर्यात २६ दशमलव १ प्रतिशतले बढेको छ । व्यापारघाटा समेत ६ दशमलव १ प्रतिशतले घटेको छ । भारतसँगको व्यापारको निर्भरता समेत घटेको छ ।’

सिंचाई सुविधामा विस्तारले खाद्यान्न उत्पादन बढेको भन्दै प्रधानमन्त्रीले अण्डा र माछाको उत्पादनले आत्मनिर्भर बनेको बताए ।

सडक निर्माणले गलि लिएको भन्दै उनले भने, ‘प्रतिदिन ५ दशमलव ७ किमि सडक कालोपत्रे भइरहेको छ । १३ हजार ६३६ किमि सडक कालोपत्रे भएको ३ हजार ५ सय ७९ किमि सडक ग्रावेल भएको छ । २ वर्षमा ३ सय २५ वटा सडक बनेका छन् । सबै जिल्ला तुइनमुक्त जिल्ला भएको हेर्न चाहेको छु । निर्माणाधिन र निर्माणको संख्यामा रहेको तुइनको संख्या अहिले १८ वटाजति छन् ।’

भारतलाई बिजुली बेच्न थालिएको भन्दै प्रधानमन्त्रीले भने, ‘अहिले १ हजार २ सय ४६ मेघावाट विजुली उत्पादन भएको छ । भारतलाई समेत विजुली बेच्न थालिएको छ । भारत हुँदै बंगलादेशलाई विजुली बेच्ने बाटो खुलेको छ । ८८ प्रतिशत जनसंख्यामा विजुली पुगेको छ । विजुली चुहावट समेत घटेको छ ।’

एमसीसी अन्तर्गत पाल्पा लगाएतका क्षेत्रमा अन्तरदेशीय प्रशारण लाइन विस्तारको योजना अघि बढेको भन्दै उनले एमसीसीमा अमेरिकी सहयोगको ५५ अर्ब र नेपालको १४ अर्ब लगानीले नेपालको आर्थिक स्तर समेत माथि उकास्ने विश्वास व्यक्त गरे ।

‘एमसीसी अन्तर्गत पाल्पा लगाएतका क्षेत्रमा अन्तरदेशीय प्रशारण लाइन विस्तारको योजना अघि बढेको छ । एमसीसीमा अमेरिकी सहयोगको ५५ अर्ब र नेपालको १४ अर्ब लगानीले नेपालको आर्थिक स्तर समेत माथि उकास्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रियसभा चुनावले पनि जनताले सरकारको कामलाई कसरी हेरेका छन् भन्ने पुष्टि भइसकेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उपनिर्वाचनमा सत्तारुढ दलका केही नेताले हारेको भएपनि सिटको संख्या सरकारको पक्षमा बढि आयो । त्यसले जनताको भावना समेत देखाएको छ भन्ने मालाइ लाग्छ । ‘

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : ०९ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले