उपहार गोलमा मछिन्द्रलाई ए डिभिजन लिग उपाधि « Khabarhub

उपहार गोलमा मछिन्द्रलाई ए डिभिजन लिग उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १-० गोल अन्तरले जीत हात पर्दै ऐतिहासिक उपाधि हात पारेको हो।

मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको हो । आर्मी भने दोस्रोपटक दोस्रो भएको छ। यसअघि २०६३ सालमा पनि आर्मी लिगको दोस्रो स्थानसम्म पुगेको थियो । मछिन्द्र क्लबले आर्मी विरुद्ध खेलको पहिलो हाफमै अग्रता बनाएको थियो ।

मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो।

उक्त गोल बचाउन खोज्दा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएका छन् । उनी चोटग्रस्त भएपछि आर्मीले उनको स्थानमा विवस चौधरीलाई मैदान प्रवेश गराएको थियो ।

विकेशको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना उपचार भइरहेको छ।

३४ औं मिनेटमा आर्मीका विकास तामाङले रोक्न खोजेको बलले पोष्ट चुमेपछि मछिन्द्रले गोल उपहार पाएको थियो ।

उपहार पाएको बलमा अग्रता बनाएको मछिन्द्र विरुद्ध आर्मीले गोलको अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्येहोर्न पुग्यो।

यद्यपि मछिन्द्रले गरेका दुई गोल रेफ्रिले अफसाइड करार गरेका थिए ।
पराजित आर्मीका खेलाडी खेल पछि रुदै मैदानमा लडेका थिए भने दर्शकले मछिन्द्रका लागि सेलिब्रेसन गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ३ : ४७ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट