ए डिभिजन लिग : विजेता मछिन्द्रले ५० लाख पाउँदा कुन क्लबले कति जिते ? « Khabarhub

ए डिभिजन लिग : विजेता मछिन्द्रले ५० लाख पाउँदा कुन क्लबले कति जिते ?


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन मछिन्द्रले जीतेको छ ।

शनिवार सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । यो मछिन्द्रको पहिलो ‘ए’ लिग उपाधि हो ।

लिगको उपाधिका लागि खन्तिम खेलसम्म नै कुर्नु परेको थियो । मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।

उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।

एन्फाले यस सिजन शीर्ष ६ मा रहने टिमलाई पुरस्कृत गरिएको छ ।

कुन क्लबले कति पाए पुरस्कार ?

विजेता – मछिन्द्र – ५० लाख
उपविजेता – आर्मी – ३५ लाख
तेस्रो – मनाङ मर्स्याङ्दी क्लब – २५ लाख
चौंथो – थ्री स्टार क्लब – १५ लाख
पाँचौं – नेपाल पुलिस क्लब – ७ लाख
छैटौं – जावलाखेल युथ क्लबले  ५ लाख पुरस्कार जितेको छ ।

यस्तै फेरय प्ले अवार्ड थ्री स्टारले जितेको छ । उसले १ लाख ५० हजार हात पारेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : ५० बजे

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा