किरण, रोहित र अभिषेकलाई बाहिरै राखेर फुटबल टोली घोषणा « Khabarhub

किरण, रोहित र अभिषेकलाई बाहिरै राखेर फुटबल टोली घोषणा


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपाली फुटबल टोलीका कोच योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । दर्शन शनिबार सकिएको ‘ए’ डिभिजन लिगका युवा खेलाडी घोषित भएका थिए ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, अभिषेक र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् ।

किरण भारतको आईलिगमा व्यस्त रहेका छन् । रोहित इन्डोनेसियामा पर्सिजा जकार्ताको टिमबाट नयाँ सिजनको तयारी गरिरेहका छन् ।

यस्तै नियमित रहदै आएका दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ पनि प्रारम्भिक टोलीमा परेका छैनन् ।

नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।

प्रारम्भिक टोली :

विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : ३९ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु