मध्य मालीमा भएका हिंसामा ३१ जना मारिए | Khabarhub Khabarhub

मध्य मालीमा भएका हिंसामा ३१ जना मारिए


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बामाको– अफ्रिकी मुलुक मालीमा भएको जातीय हिंसामा परी कम्तीमा ३१ जना मारिएका छन् ।

घुमन्ते गोठालो जीवन बिताउने फुलानी आदिवासीको बसोबास रहेको मध्य मालीको ओगोसागोउ गाउँमा हातहतियार सहित आएको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

यस आक्रमण कसले गराएको भन्नेबारे स्थानीय अधिकारीले केही नखुलाएपनि गाउँलेले आक्रमणमा शिकारी जीवन बिताउने डोगोन आदिवासीको हात रहेको आरोप लगाएका छन् । ३० जनाको समूहमा आएका हतियारधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली चलाएको र स्थानीयका घर, गोठ र अन्नपात जलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मालीका सैनिकले नजिकै रहेको शिविर छाडेको २४ घण्टा नबित्दै गाउँमा आक्रमण भएको जनाइएको छ । एकजना सैनिक अधिकारीले हाल त्यस क्षेत्रमा सैनिकलाई पुनः तैनाथ गरिएको जनाएका छन् ।

श्रोत साधनको नियन्त्रण, इस्लामिक लडाकु समूहको सक्रियता लगायतका कारण मालीको मध्यभागमा जारी हिंसाबाट हालसम्म २ लाख भन्दा धेरै विस्थापित भइसकेका छन् ।

आतंककारी समूह अल कायदा आबद्ध स्थानीय कतिबा मचिना नामक अतिवादी समूहका कारण यस्ता हिंसा मच्चिने गरेको छ । यस समूहका नेता अमदु कुफाले स्थानीय फुलानी मुसलमानलाई आफ्नो समूहमा भर्ती गरी अरु जातीय समूहमाथि आक्रमण गराउने गरेको बताइएको छ । त्यसको बदलामा डोगोन, बम्बारा लगायतका जातीय समूहले आत्मरक्षाका लागि सैनिक दस्ता स्थापना गरी फुलानी जातीय समूहविरुद्ध आक्रमण गर्दै आएका छन् ।

अघिल्लो वर्षको मार्च महिनामा सोही गाउँमा प्रतिद्वन्द्वी जातीय समूहले गराएको हिंसामा १५० जनाभन्दा धेरै मारिएका थिए ।

सन् २०१२ मा मालीको उत्तरी एवं मध्य क्षेत्र कब्जा गर्दै अघि बढेका आतंककारी समूह अल कायदाका लडाकु र स्थानीय तुआरेग जातीय विद्रोहलाई निस्तेज पार्न फ्रान्सेली सेनाले मालीमा सैनिक आक्रमण नै गर्नु परेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार