मध्य मालीमा भएका हिंसामा ३१ जना मारिए « Khabarhub

मध्य मालीमा भएका हिंसामा ३१ जना मारिए


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बामाको– अफ्रिकी मुलुक मालीमा भएको जातीय हिंसामा परी कम्तीमा ३१ जना मारिएका छन् ।

घुमन्ते गोठालो जीवन बिताउने फुलानी आदिवासीको बसोबास रहेको मध्य मालीको ओगोसागोउ गाउँमा हातहतियार सहित आएको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

यस आक्रमण कसले गराएको भन्नेबारे स्थानीय अधिकारीले केही नखुलाएपनि गाउँलेले आक्रमणमा शिकारी जीवन बिताउने डोगोन आदिवासीको हात रहेको आरोप लगाएका छन् । ३० जनाको समूहमा आएका हतियारधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली चलाएको र स्थानीयका घर, गोठ र अन्नपात जलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मालीका सैनिकले नजिकै रहेको शिविर छाडेको २४ घण्टा नबित्दै गाउँमा आक्रमण भएको जनाइएको छ । एकजना सैनिक अधिकारीले हाल त्यस क्षेत्रमा सैनिकलाई पुनः तैनाथ गरिएको जनाएका छन् ।

श्रोत साधनको नियन्त्रण, इस्लामिक लडाकु समूहको सक्रियता लगायतका कारण मालीको मध्यभागमा जारी हिंसाबाट हालसम्म २ लाख भन्दा धेरै विस्थापित भइसकेका छन् ।

आतंककारी समूह अल कायदा आबद्ध स्थानीय कतिबा मचिना नामक अतिवादी समूहका कारण यस्ता हिंसा मच्चिने गरेको छ । यस समूहका नेता अमदु कुफाले स्थानीय फुलानी मुसलमानलाई आफ्नो समूहमा भर्ती गरी अरु जातीय समूहमाथि आक्रमण गराउने गरेको बताइएको छ । त्यसको बदलामा डोगोन, बम्बारा लगायतका जातीय समूहले आत्मरक्षाका लागि सैनिक दस्ता स्थापना गरी फुलानी जातीय समूहविरुद्ध आक्रमण गर्दै आएका छन् ।

अघिल्लो वर्षको मार्च महिनामा सोही गाउँमा प्रतिद्वन्द्वी जातीय समूहले गराएको हिंसामा १५० जनाभन्दा धेरै मारिएका थिए ।

सन् २०१२ मा मालीको उत्तरी एवं मध्य क्षेत्र कब्जा गर्दै अघि बढेका आतंककारी समूह अल कायदाका लडाकु र स्थानीय तुआरेग जातीय विद्रोहलाई निस्तेज पार्न फ्रान्सेली सेनाले मालीमा सैनिक आक्रमण नै गर्नु परेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २० बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई