विश्वभरका सबै स्टोर बन्द गरिएको एप्पल कम्पनीको घोषणा « Khabarhub

विश्वभरका सबै स्टोर बन्द गरिएको एप्पल कम्पनीको घोषणा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ । शनिबार कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी टेक कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रकार मात्र खुला गरेको थियो । तर अब भने कम्पनीले चीनभन्दा बाहिरका सम्पूर्ण स्टोरहरु बन्द गर्ने निर्णय गरेको हो ।

एप्पलका विश्वभरका स्टोरहरु आगामी मार्च २७ तारिखसम्म बन्द रहने कुकले जानकारी दिएका छन् ।

यसका साथै कम्पनीले विश्वभर कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्दता जनाएको छ ।

कम्पनीका चीनमा भएका स्टोरहरु यसअघि करिब २ महिनासम्म बन्द भएका थिए । जहाँ कोरोनाभाइरसको ब्यापक प्रकोप देखिएको थियो भने हाल सो नियन्त्रणमा आईसकेको बताईएको छ ।

विश्वभर कोरोनाभाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि एप्पलले यस्तो निर्णय गरेको हो । आफ्ना स्टोरहरु बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था पनि गरिएको एप्पलले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : १८ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम