विश्वभरका सबै स्टोर बन्द गरिएको एप्पल कम्पनीको घोषणा « Khabarhub

विश्वभरका सबै स्टोर बन्द गरिएको एप्पल कम्पनीको घोषणा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ । शनिबार कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी टेक कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रकार मात्र खुला गरेको थियो । तर अब भने कम्पनीले चीनभन्दा बाहिरका सम्पूर्ण स्टोरहरु बन्द गर्ने निर्णय गरेको हो ।

एप्पलका विश्वभरका स्टोरहरु आगामी मार्च २७ तारिखसम्म बन्द रहने कुकले जानकारी दिएका छन् ।

यसका साथै कम्पनीले विश्वभर कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्दता जनाएको छ ।

कम्पनीका चीनमा भएका स्टोरहरु यसअघि करिब २ महिनासम्म बन्द भएका थिए । जहाँ कोरोनाभाइरसको ब्यापक प्रकोप देखिएको थियो भने हाल सो नियन्त्रणमा आईसकेको बताईएको छ ।

विश्वभर कोरोनाभाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि एप्पलले यस्तो निर्णय गरेको हो । आफ्ना स्टोरहरु बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था पनि गरिएको एप्पलले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : १८ बजे

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले