काठमाडौं – टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ । शनिबार कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।
अमेरिकी टेक कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रकार मात्र खुला गरेको थियो । तर अब भने कम्पनीले चीनभन्दा बाहिरका सम्पूर्ण स्टोरहरु बन्द गर्ने निर्णय गरेको हो ।
एप्पलका विश्वभरका स्टोरहरु आगामी मार्च २७ तारिखसम्म बन्द रहने कुकले जानकारी दिएका छन् ।
यसका साथै कम्पनीले विश्वभर कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्दता जनाएको छ ।
कम्पनीका चीनमा भएका स्टोरहरु यसअघि करिब २ महिनासम्म बन्द भएका थिए । जहाँ कोरोनाभाइरसको ब्यापक प्रकोप देखिएको थियो भने हाल सो नियन्त्रणमा आईसकेको बताईएको छ ।
विश्वभर कोरोनाभाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि एप्पलले यस्तो निर्णय गरेको हो । आफ्ना स्टोरहरु बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था पनि गरिएको एप्पलले जनाएको छ ।
प्रतिक्रिया