कोरोना त्रासका कारण अमिताभले फ्यानसँग भेटघाट नगर्ने « Khabarhub

कोरोना त्रासका कारण अमिताभले फ्यानसँग भेटघाट नगर्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनले घरका बाहिर हरेक आइतबार साँझ फ्यानसँग भेट्ने गर्छन् । फ्यान आफ्ना लोकप्रिय अभिनेतालाई भेट्न हरेक आइतवार भेला हुने गर्छन् ।

अमिताभ पनि फ्यानलाई हात हल्लाउन बाहिर निस्किने गर्छन् । तर, यो आइतवार भने अमिताभले कसैलाई नभेट्ने भएका छन् ।

अमिताभले एक ट्वीट गर्दै आफ्नो घरबाहिर जम्मा नहुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘कृपया जलसा गेटमा नआउनुहोला, म आउने छैन, सुरक्षित रहनुहोला, आज कोही पनि जम्मा नहुनुहोला ।’

अमिताभले संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरेका हुन् । उनले देश तथा विदेशमा रहेका सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसले संसारभर आतंक मच्चाएको छ । नेपालमा भने कोरोनाबाट कसैले ज्यान गुमाउनुपरेको छैन । यद्यपि एकजनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई निको भइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ५८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल